संसारभरका राष्ट्रवादी शक्तिहरुबीच नयाँ ढंगको सम्बन्ध विकास : खनाल

news

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता झलनाथ खनालले संसारभरका राष्ट्रवादी शक्तिहरुबीच नयाँ ढंगको सम्बन्ध विकास भइरहेको बताए ।

असंलग्न राष्ट्रहरुको पहिलो वाङ्डुङ सम्मेलनको ६४ औं बर्षगाँठको अवसरमा आज काठमाडौंमा भएको कार्यक्रममा नेता खनालले राष्ट्रवादी शक्तिहरुबीचको एकता मजबुत हुन थालेको बताए । साम्राज्यवादी र उपनिवेशवादी शक्तिहरु कमजोर हुँदै गएको उनको भनाइ थियो ।

कार्यक्रममा सहभागी वक्ताहरुले सन् १९५५ मा पहिलो पटक इन्डोनेशियाको वाङ्डुङमा भएको इन्डो–एसिया सम्मेलनले अन्तर्राष्ट्रिय शक्ति सन्तुलन कायम गर्न मद्दत पु¥याएको चर्चा गरेका थिए ।

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...