संसदीय टोलीद्वारा बाराका आँधीहुरी पीडितहरुको पछिल्लो अवस्थाबारे जानकारी

news

                       अनुमगनपछि आयोजित पत्रकार सम्मेलनमा संसदीय टोलीका सदस्यहरु ।

बारा, वैशाख ८ । संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिले गत चैत १७ गते बाराको दक्षिण भेगमा आएको आँधीहुरी पीडितहरुको पछिल्लो अवस्थाबारे जानकारी लिएको छ ।

संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिका पदाधिकारीहरुले बाराको आँधी प्रभावित क्षेत्रमा पुगेर पीडितहरुको अवस्थाबारे स्थलगत अवलोकन गरेको हो । राज्य व्यवस्था समितिकी सभापति शशी श्रेष्ठको नेतृत्वमा गएको सांसदहरुको टोलीले पीडितको अवस्था र पुनर्स्थापनाका विषयमा प्रभावितहरुसँग भेट गरी जानकारी लिएको हो ।

स्थलगत अध्ययनपछि बाराको सिमरामा आयोजित पत्रकार सम्मेलनमा सभापति श्रेष्ठले प्रभावित क्षेत्रमा बाहिर सुनेजस्तो आफ्ठेरो स्थिति नदेखिएको बताइन् ।

पीडितहरु भुईमै सुत्नु पर्दा सर्पदंशको समस्या भने भयाभह रहेको उनले बताइन् ।

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...