नेपालमा कम्युनिस्ट पार्टी स्थापनाको ७० वर्ष पूराः काठमाडौंमा विशेष कार्यक्रमको तयारी

news

काठमाडौं । नेपालमा कम्युनिस्ट पार्टी स्थापना भएको ७० वर्ष भएको छ । ७० वर्षअघि अर्थात् सन् १९४९ को अप्रिल २२ मा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो ।

नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ थिए । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले कम्युनिष्ट पार्टी स्थापनाको दिवस पारेर आज काठमाडौंमा विशेष कार्यक्रम गर्दैछ ।

दिवसलाई भव्य रुपमा मनाउने तयारी गरिएको नेकपाले जनाएको छ । काठमाडौंको प्रज्ञा भवनमा हुने विशेष कार्यक्रममा नेकपाका शीर्ष नेताहरुले सम्बोधन गर्ने तय भएको छ ।

यस्तै आजै तत्कालीन नेकपा एमाले र तत्कालीन नेकपा माओवादी केन्द्रबीच एकता भएर निर्माण भएको नेकपाको एकता प्रक्रिया टुंगिएको घोषणा पनि गर्ने तयारी रहेको छ ।

यसअघि हिजो बसेको नेकपा सचिवालयको बैठकले ७७ वटै जिल्लाका अध्यक्ष तथा सचिवको टुंगो लगाएको थियो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले टुंगो लगाएका नाम आज सार्वजनिक गरिने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

बैठकले अवको केही दिनमा पोलिटव्यूरो गठन गरी सवै केन्द्रीय सदस्यहरुको कार्यविभाजनसमेत गर्ने निर्णयसमेत गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

पोलिटव्यूरो संख्या जम्मा केन्द्रीय सदस्यहरुको एक तिहाई हुने बताइएको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...