सरकारसँग वार्ता गर्न राप्रपाद्वारा तीन सदस्यीय समिति गठन

news

काठमाडौं, वैशाख ९ । राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारसँग वार्ता गर्नका लागि तीन सदस्यीय समिति गठन गरेको छ ।

राप्रपाले गत फागुन ७ गते नेपाल सरकारसमक्ष पेश गरेको २२ बुँदे मागका सम्बन्धमा वार्ता गर्न आइतबार कानुन मन्त्री भानुभक्त ढकालले सरकारका तर्फबाट पत्र पठाउँदै वैशाख १० गतेका लागि वार्तामा आमन्त्रण गरेका थिए ।

सरकारी पत्रका बारेमा सोमबार बिहान छलफल गर्न बसेको पार्टीको बैठकले वार्ता समिति गठन गरेको सहमहामन्त्री राजाराम बर्तौलाले जनाए ।

राप्रपाले आज सरकारसँग वार्ता गर्न पार्टीका वरिष्ठ नेता दिपक बोहराको संयोजकत्वमा महामन्त्री राजेन्द्र लिङ्देन र नेता निरञ्जन थापा रहेको ती सदस्यीय वार्ता समिति गठन गरेको पार्टीका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले विज्ञप्तिमार्फत जनाएका छन् ।

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...