नेकपा एकताः पूर्व माओवादीले नेतृत्व पाएको जिल्ला

news

काठमाडौं, बैशाख ९ । नेपाल कम्युनिष्ट पार्टी नेकपाले ७७ वटै जिल्लाका पार्टी नेतृत्वको घोषणा हुँदैछ । आइतबार बसेको नेकपाको सचिवालय बैठकले एकता पछिको जिल्ला नेतृत्व टुंग्याएको हो ।
७७ जिल्ला मध्ये तत्कालीन एमालेले ४४ र तत्कालीन माओवादी केन्द्रले ३३ जिल्लामा मुख्य नेतृत्व पाएको छ । माओवादीकातर्फबाट निम्न व्यक्तिले जिम्मेवारी पाएका छन् ।
जसअनुसार प्रदेश १ मा ५, प्रदेश २ मा ४, प्रदेश ३ मा ५ जिल्ला, गण्डकी प्रदेशमा ४, प्रदेश ५ मा ५, कर्णालीमा ६ र सुदूरपश्चिममा ४ जिल्लाको नेतृत्व माओावादीले पाएको हो ।
एमालेले अध्यक्ष पाएको स्थानमा माओवादीकातर्फबाट सचिव र माओवादीको तर्फबाट अध्यक्ष भएको ठाउँमा एमालेकोतर्फबाट सचिव रहने छन् ।

प्रदेश १
ताप्लेजुङः खेलप्रसाद बुढाथोकी
सुनसरीः रामकुमारी चौधरी
उदयपुरः विनोद कटुवाल दिनेश
खोटाङ: देवान चाम्लिङ
ओखलढुंगाः मोहन कुमार खड्का

प्रदेश २
बाराः गोपाल ठाकुर
सर्लाहीः डाचाराज वाग्ले
धनुषाः जोखकुमार बर्बरीया
सिराहाः रामकुमार यादव

प्रदेश ३

चितवनः यमवहादुर परियार
सिन्धुलीः राजन दाहाल
नुवाकोटः हिरानाथ खतिवडा
काभ्रेः रुकु चौलागाई
रामेछापः मैनकुमार मोक्तान (मदन)

गण्डकी प्रदेश
गोरखाः जगन्नाथ खनाल
लमजुङः मधुमाया अधिकारी
म्याग्दीः गोविन्द पौडेल
स्याङजाः पारस गैरे

प्रदेश ५
बांकेः आइपी खरेल
बर्दियाः भवनकुमार थारु
रोल्पाः सुरेन्द्र थापा धु्रव
पूर्वी रुकुमः मेघबहादुर श्रेष्ठ
नवलपरासीः राजुप्रसाद हरिजन

कर्णाली प्रदेश
रुकुम पश्चिमः गोपाल शर्मा (अनल)
जाजरकोटः ढकविर राना
जुम्लाः सुरेश पहाडी
हुम्लाः विजय भण्डारी
कालिकोटः दुर्गबहादुर रावत
मुगु : सुखवीर बुढा

सुदुरपश्चिम प्रदेश
दार्चुलाः गणेश खत्री
डडेलधुराः मानसिंह माल
कञ्चनपुरः वीरबहादुर थापा
वझाङः कलकबहादुर खड्का

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...