फलामे ढोका फोरिदियौं : दाहाल

news
तस्वीरः रासस

काठमाडौं, वैशाख ९ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले एकता प्रक्रियामा जिल्ला तहको नेतृत्व टुंग्याउनु फलामे ढोका फोरेसरह भएको बताएका छन् ।

नेपाल कम्युनिस्ट पार्टीको ७०औं पार्टी स्थापना दिवस तथा सांगठनिक एकता घोषणासभालाई सोमबार काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष दाहालले निकै जटिल बनेको जिल्ला तहको नेतृत्व चयन गर्न धेरै मेहनत गर्नुपरेको बताए ।

एकता प्रक्रियामा ढिलाइ भएको स्वीकार्दै अब यो प्रक्रियाले पूर्णता पाउने दाबी उनको थियो ।

हिजोका बनिबनाउ विचार र सिद्धान्तले मात्र सामाजिक रुपान्तरण सम्भव नभएको बताउँदै उनले भने–‘जरुरी पर्दा गुणात्मक फड्को मार्ने आँट नगर्नेले क्रान्ति र परिवर्तनको नेतृत्व गर्न सक्दैन ।’

एक वर्षभित्र पार्टीको महाधिवेशन

दाहालले एक वर्षभित्र पार्टीको महाधिवेशन गरिसक्ने दावी पनि गरे । उनले ८ महिनाभित्र ७७ जिल्ला र प्रवासका सबै कमिटीको सम्मेलन सकिने र एक वर्षमा महाधिवेशन गर्ने बताए ।

जिल्ला कमिटीको अध्यक्ष र सचिव टुंगो लागेसँगै पार्टी एकता मूलभूत रुपमा टुंगिएको उनले भनाइ थियो ।

पार्टीका अधिवेशनलाई भ्रष्टाचार, ढिलासुस्ती, बेइमानी, जालझेलका विरुद्ध अभियानको रुपमा लैजानुपर्ने उनको भनाइ थियो ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...