७७ जिल्लामा नेकपाका क–कसले पाए नेतृत्व ?

news

काठमाडौं, वैशाख ९ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले ७७ जिल्लामा अध्यक्ष र सचिवको टुंगो लगाएको छ ।

आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले ७७ जिल्लामा पार्टी नेतृत्वको टुंगो लगाएको हो ।

बैठकले केही दिनमै केन्द्रीय समिति सदस्यहरुको कार्यविभाजन टुंगो लगाउने निर्णय पनि गरेको थियो ।

पोलिटब्यूरो संरचना भने अर्को बैठकबाट गठन गर्ने बताइएको छ ।

बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल एवं वरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव विष्णु पौडेलसहित सचिवालयका नेताहरु उपस्थित थिए ।

पूर्णसूची (पीडीएफ) हेर्न यहाँ क्लिक गर्नुहोस्

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...