देउवाको आक्रोश: चुनावमा भोट अरुलाई दिने अनि कांग्रेसलाई भन्ने ?

news

झापा, वैशाख ९ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारका पछिल्ला गतिविधिले देश अधिनायकवादतर्फ धकेलिएको संकेत गरेको आरोप लगाएका छन् ।

सोमबार झापाको चन्द्रगढी विमानस्थलमा सन्चारकर्मीहरुसित कुरा गर्दै सभापति देउवाले सेना परिचालनको जिम्मा प्रधानमन्त्रीले लिने प्रयास गर्नु तथा बालुवाटारको ललिता निवासको जग्गा प्रकरणले सरकारको अधिनायकवादी चरित्र प्रस्ट पारेको बताए ।

उनले नेकपाका महासचिव विष्णु पौडेलले किनेको भनिएको जग्गा सुवर्णशमशेरको रहेकाले सरकारले अधिग्रहण गरेको उक्त जग्गा यदि कसैले पाउने भए सुवर्णशमशेरका सन्तानले पाउनुपर्ने तर्क गरे ।

सभापति देउवाले कांग्रेस कमजोर नबनेको पनि दाबी गरे ।

उनले ‘चुनावमा भोट अरुलाई दिने अनि कांग्रेस कसरी बलियो हुन्छ ?’ भनेर आक्रोश पनि पोखे ।

प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउन खोज्नु र पत्रकारलाई पक्राउ गर्नु अधिनायकवादको पहिलो उदाहरण भएको उनको तर्क थियो ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...