असहाय देवीलाई नयाँ घर

news

झापा, वैशाख ९ । छोरी जन्माएको पाँच दिनमा पतिको मृत्यु भएर असहाय बनेकी झापाको मेचीनगर नगरपालिका–१० की देवीमाया मेचेलाई स्थानीयवासीले सहयोग जुटाएर पक्की घर बनाइदिएका छन् ।

मेचीनगर–९ मा ६ लाख २० हजार रुपैयाँको लागतमा निर्मित चारकोठे घर देवीमायालाई सोमबार हस्तान्तरण गरिएको छ ।

विद्यालय जाने उमेरकी ठूली छोरी र काखमा हुर्कंदै गरेकी सानी छोरीलाई लिएर नयाँ घर प्रवेश गर्न पाउँदा उनी खुसी देखिएकी थिइन् ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले खरिद गरिदिएको सात धुर जग्गामा चारकोठे पक्की भवन बनाइएको हो ।

बिहेअघि नै करेन्ट लागेर एउटा हात काटिएकी देवीमायाले एउटा हातको भरमा काम गर्ने गर्छिन् ।

देवीमायाको नाजुक अवस्था सार्वजनिक भएपछि दुई महिनाअघि स्थानीयवासीले विजय डालमियाको संयोजकत्वमा घर निर्माण सहयोग समिति गठन गरेका थिए ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...