डा. केसी भन्छन् : वार्ता गर्ने भए जुम्ला आउ

news

काठमाडौं, असार २७ । १२ दिनदेखि आमरण अनसनमा बसेको डा. गोविन्द केसीले आफूसँग वार्ता गर्न चाहे जुम्लामा आउन सरकारलाई आग्रह गरेका छन् ।

चिकित्सा शिक्षा र सेवा सुधारको माग राख्दै अनसनरत डा. कसीले सरकारले आफूसँग वार्ता गरिरहनुको कुनै औचित्यसमेत नरहेको बताए ।

उनले आफूले उठाएका माग नागरिक र विद्यार्थीको पक्षमा भएकाले ती माग सम्बोधन गरे पुग्ने स्पष्ट पारे ।

माथेमा आयोगको प्रतिवेदनअनुसार चिकित्सा शिक्षा विधेयक लागू गरे पुग्ने उनको भनाइ थियो ।

लामो समयदेखि अनसनमा बसेको डा. केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएको छ ।

उनको उपचारमा संलग्न चिकित्सकका अनुसार डा. केसीको मुटुको चाल बढ्नुका साथै रोगसँग लड्ने क्षमता कमजोर बन्दै गएको छ ।

केसीलाई मांसपेशी सुनिने, रिंगटा लाग्ने, छातीको बीच भागमा दुख्ने, वाकवाकी लाग्ने, पेट दुख्ने, मुटुको चाल तलमाथि हुने र पिसाव नहुने जस्ता समस्या देखा परेको छ ।

स्वास्थ्य जटिल बन्दै गए पनि उनले सामान्य ग्लुकोज र आवश्यक औषधि लिन मानेका छैनन् । उनले अक्सिजन र स्लाइनबाहेक अरु औषधि लिन मानेका छैनन् । 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया