मन्दिर परिसर मिचेर रत्नराज्य विद्यालय बनाइएको भन्दै विरोध

news

काठमाडौं, जेठ २९ । काठमाडौंको मध्यबानेश्वरस्थित वाणेश्वर महादेव मन्दिर परिसर मिचेर रत्नराज्य माध्यमिक विद्यालय बनाइएको भन्दै स्थानीय बासिन्दाले विरोध गरेका छन् ।

महादेव मन्दिरको राजगुठीको जग्गामा विद्यालय बनाइएको भन्दै स्थानीयले विरोध गरेका हुन् ।

महानगरपालिकाले रोक्न आदेश दिइसके पनि विद्यार्थीहरु प्रयोग गर्ने र प्रहरी प्रशासन लगाएर जग हालिएपछि मंगलबार स्थानीयहरु विरोधमा उत्रिएका हुन् ।

त्यसक्रममा स्थानीय र विद्यालय प्रशासनबीच झडपसमेत भएको थियो ।

वि.सं. २०१८ सालमा स्थापना भएको सो विद्यालयले गुठीको जग्गा मिचेर नयाँ भवनहरु निर्माण गरेको दाबी स्थानीयले गरेका छन् ।

सो मन्दिरभित्र नारायण, भवानी, ललितालगायतका विभिन्न पुरातात्विक मूर्तिहरु रहेका छन् ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया