फ्राइडे रिलिजः हलहरुमा मल्टिस्टारर चलचित्र ‘दाल भात तरकारी’

news

काठमाडौं, बैशाख २० । फ्राइडे रिलिज अन्तर्गत आजबाट हलहरुमा कमेडी जनरामा निर्माण भएको चलचित्र फिल्म ‘दात भात तरकारी’ सोलो प्रदर्शनमा आएको छ ।

मह सञ्चारको प्रस्तुतीमा किरण केसीको निर्माण भएको चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निरुता सिंह, आँचल शर्मा कलाकार छन् ।

यसैगरी पुष्प खड्का, वर्षा राउत, शिवहरी पौडेल, राजाराम पौडेल, किरण केसी, बसुन्धरा भुषाल, रबिन तामाङ, शिशिर वाङ्देल, जयनन्द लामालगायत कलाकारको मुख्य भूमिका रहेको चलचित्रलाई सुदन केसीले निर्देशन गरेका हुन् ।

विदेश मोहको कथामा कमेडी जनरामा आधारित चलचित्रले सिंगल तथा मल्टिप्लेक्स हलमा शो राम्रो पाएको छ । काठमाडौंमा मल्टिप्लेक्स अन्तर्गत सबैभन्दा बढी चेन भएको ‘क्यूएफएक्स’ले प्रदर्शनको पहिलो दिन चलचित्रलाई २० शो दिएको छ ।

मल्टिस्टार कलाकार, गीतसंगीत, ट्रेलर र प्रचारप्रसारका कारण चलचित्र हेर्न दर्शकको बाक्लो उपस्थिति हुने अनुमान गरिएको छ ।

चलचित्रमा हरिवंश आचार्यको कथा, पटकथा तथा संवाद छ भने दीर्घ गुरुङको छायांकन, मित्र डि.गुरुङको सम्पादन रहेको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...