शनिबारसम्म देशभर अझै वर्षा हुने

काठमाडौं, असार २८ । केहिदिन यता लगातार परेको पानीले देशका विभिन्न स्थानमा जनधनको क्षति पुर्‍याएको छ ।

news

काठमाडौं, असार २८ । केहिदिन यता लगातार परेको पानीले देशका विभिन्न स्थानमा जनधनको क्षति पुर्‍याएको छ ।

अझै पनि आगामी शनिबारसम्म वर्षा हुने जनाइएको छ । मौसम पूर्वानूमान महाशाखाले आगामी शनिबारसम्म देशका सबै भूभागमा वर्षा हुने जानकारी दिएको हो ।

केही स्थानमा भारी वर्षा हुने संभावना रहने पनि महाशाखाले जनाएको छ ।

वर्षाका कारण देशका ठूला नदीहरुमा बहाव उच्च रहने र केही नदी खतराको विन्दुसम्म आइपुग्ने बाढी पुर्वानुमान शाखाले जनाएको छ ।

साथै, चुरेबाट बहने साना नदीहरुमा बाढीको सम्भावना रहेकाले सर्तक रहन आह्वान गरिएको छ । 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया