‘किम जोङ शैली बन्द हुनुपर्‍यो’

news

काठमाडौं, असार २८ । गृहमन्त्री रामबहादुर थापाको आदेशमा वीर अस्पताल परिसरस्थित ट्रमा सेन्टरमा कार्यरत् डा. भोजराज अधिकारीलाई अपहरण शैलीमा गृह मन्त्रालय लगेर धम्की दिइएको भन्दै संसदमा आपत्ति जनाइएको छ ।

बिहीबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले अहिले जनयुद्धकाल नभएको स्मरण गराउँदै ‘किम जोङ उन शैली बन्द गर्न’ सरकारको ध्यानाकर्षण गराएका हुन् ।

मंगलबार ट्रमा सेन्टरका डा. अधिकारीलाई ‘गृहमन्त्रीको आदेशमा गृह मन्त्रालयमा अपहरण शैलीमा उठाएर लगिएको’ भन्दै उनले सरकार बुद्धिजीवी, पेसाकर्मीलगायतलाई आतंकित पारिएकोमा आपत्ति जनाए ।

भीसीपछि डाक्टरलाई आतंकित पारिएको भन्दै सांसद सिंहले ‘किम जोङ शैली’ बन्द गर्न माग गरे ।

गत मंगलबार डा. अधिकारीलाई गृहमन्त्रीको आदेशमा जबर्जस्ती गृह मन्त्रालय लगेर आफूले भनेबमोजिम रिपोर्ट तयार पार्न धम्की दिएको समाचार प्रकाशनमा आएको थियो ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया