अनुष्का श्रेष्ठ ‘मिस नेपाल वर्ल्ड’

news

काठमाडौं, वैशाख २७ । यस वर्षको ‘मिस नेपाल वर्ल्ड’ को उपाधि अनुष्का श्रेष्ठले जितेकी छन् । २४ प्रतिस्पर्धीलाई पछि पार्दै अनुष्काले ‘मिस नेपाल’को उपाधि जितेकी हुन् ।

कार्यक्रमका मुख्य निर्णायक इला शर्माले सोधेको ‘हामीले अधिकारभन्दा कर्तव्यलाई ध्यान दियौं भने यो संसार राम्रो बन्न सक्छ होला, तपाई यसमा के भन्नुहुन्छ ?’ भन्ने प्रश्नको उत्कृष्ट जवाफ दिँदै अनुष्काले उपाधि जितेकी हुन् ।

यस्तै, ‘मिस नेपाल युनिभर्स’को उपाधि प्रदिप्ता अधिकारीले जितेकी छन् भने ‘मिस नेपाल अर्थ’को उपाधि रिया बस्नेतले हात पारेकी छन् ।

‘मिस नेपाल इन्टरनेसनल’को उपाधि मिरा कक्षपतीको पोल्टामा पर्दा मिस नेपाल सुपर नेशनलको उपाधि भने रोज लामाले जितिन् । यो वर्षको ‘मिस नेपाल’मा सहभागी २५ जनाबाट सेमिफाइनलमा १४ जना र फाइनलमा ७ जनाले प्रतिस्पर्धा गरेका थिए ।

अन्तिम ७ मा अनुष्का श्रेष्ठ, रक्षा उप्रेती, रोज लामा, प्रदिप्ता अधिकारी, सोफिया भुजेल, रिया बस्नेत र मिरा कक्षपती पुगेका थिए ।

नेपालकै सबैभन्दा ठूलो सौन्दर्य प्रतियोगिता मानिने ‘मिस नेपाल’को यो शृङ्खलामा काठमाडौंको कीर्तिपुरस्थित ‘लेब्रोटरी स्कुलको मैदानमा गरिएको थियो । दर्शकलाई समेत टिकट किनेर कार्यक्रम हेर्ने मौका आयोजकले दिएको थियो ।

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...