स्रष्टा सम्मानित

news

काठमाडौं, वैशाख २७ । यस वर्षको गंगादेवी चौधरी स्मृति सम्मान पुरस्कारबाट वरिष्ठ आख्यानकार पद्मावती सिंह सम्मानित भएकी छन् ।

लूनकरणदास-गंगादेवी चौधरी साहित्यकला मन्दिरले शुक्रबार काठमाडौंमा गरेको कार्यक्रममा वाङ्मय शताब्दीपुरुष डा. सत्यमोहन जोशीले उनलाई सम्मान गरेका हुन् ।

यस्तै, अरनिको ललितकला सम्मानबाट वरिष्ठ चित्रकार किरण मानन्धर, बालकृष्ण सम रंग सम्मानबाट वरिष्ठ अभिनेत्री भुवन थापा चन्द, नारायणगोपाल संगीत सम्मानबाट वरिष्ठ संगीतकार गणेश रसिकलाई सम्मानित गरियो ।

यस्तै, सरस्वती गद्य सम्मानबाट वरिष्ठ पत्रकार अच्युतरमण अधिकारी र इतिहास शिरोमणि बाबुराम आचार्य शोध सम्मानबाट मोदनाथ प्रश्रित तथा नेपाल नवप्रतिभा सम्मानबाट सृष्टि केसी सम्मानित भए ।

पहिलोपटक गोपालप्रसाद रिमाल काव्य सम्मान वरिष्ठ कवि दिनेश अधिकारीलाई प्रदान गरियो ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...