चिकित्सा शिक्षा विधेयक कार्यसूचीबाट हटाइयो

news

काठमाडौं, असार २८ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा चिकित्सा शिक्षा विधेयक कार्यसूचीमा राखिएपनि सभामुख कृष्णबहादुर महराले अन्तिममा विधेयकलाई कार्यसूचीबाट हटाएका छन् ।

प्रतिनिधिसभा बैठकको शून्य समय र विशेष समय सम्पन्न भएलगत्तै सभामुख महराले चिकित्सा शिक्षा विधेयक कार्यसूचीमा रहेको २ देखि ४ सम्मका कार्यक्रम हटाइएको जानकारी गराएका हुन् ।

कार्यसूचीको २ नम्बरमा चिकित्सा शिक्षा विधेयक पेस गर्ने सरकारको निर्णयमाथि नेपाली कांग्रेसका सांसद गगन थापाले दर्ता गराएको विरोधको सूचना रहेको थियो ।

कांग्रेसले चिकित्सा शिक्षा विधेयक कार्यसूचीबाट हटाउनु सहमतिका लागि थोरै भएपनि वातावरण बनेको टिप्पणी गरेको छ ।

सांसद थापाले उक्त सूचना निर्णयार्थ पेस गरेपछिमात्र तेस्रो नम्बरमा विधेयक शिक्षामन्त्री गिरीराजमणि पोखरेलले संसदमा टेबल गर्ने उल्लेख थियो ।

जुम्लामा अनशनरत् डा. गोविन्द केसीको माग सम्बोधन नगरी अघिल्लो सरकारले ल्याएको चिकित्सा शिक्षा अध्यादेशविपरीत सरकारले विधेयक दर्ता गरेपछि प्रतिपक्षी कांग्रेसले विधेयक मान्य नहुने चेतावनी दिँदै आएको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया