जनकपुरमा जलस्रोत विकास योजनासम्बन्धी दुईदिने गोष्ठी

news

नवीन सिंह (इमेज)

जनकपुर, असार २८ । जनकपुरमा जलस्रोत विकास योजना तथा व्यवस्थापनसम्बन्धी दुईदिने कार्यशाला गोष्ठी बिहीबारदेखि सुरु भएको छ ।

नेपाल सरकार जल तथा ऊर्जा आयोगको सचिवालय र कमन वेल्थ साइन्टिफिक एन्ड इन्डिष्ट्रियल रिसर्च अर्गनाइजेसन अष्ट्रेलियाबीचको कार्यशालामा कमला बेसिनको रणनीतिक योजनालाई प्रभावकारी बनाउने विषय मुख्यरुपमा छलफल हुने बताइएको छ ।

कार्यक्रममा २ नम्बर प्रदेशका प्रदेशप्रमुख रत्नेश्वरलाल कायस्थले देशको जलस्रोत क्षेत्रलाई विकास गर्न तीनै तहका सरकारको गहन चिन्तनको आवश्यकता रहेको बताए ।

उनले नदी नियन्त्रण गर्नुपर्ने आजको प्रमुख आवश्यकता रहेको भन्दै कमला बेसिनको हालको अवस्थाकाबारेमा अध्ययन गर्न विज्ञहरुसँग आग्रह गरे ।

कार्यशालामा कमला बेसिनका स्थानीय तह र प्रदेशका प्रतिनिधिहरु, सरोकारवाला परामर्शदाता संस्थाका प्रतिनिधिहरु सहभागी छन् ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया