नर्सहरुलाई पारिश्रमिक दिए/नदिएको अनुगमन गरिन्छ : मन्त्री विष्ट

news

काठमाडौं, वैशाख २९ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले डेढ महिनाभित्र सबै अस्पताल र क्लिनिकहरुले श्रम ऐनले तोकेबमोजिम पारिश्रमिक दिए/नदिएको निरीक्षण गरिने बताएका छन् ।

अन्तर्राष्ट्रिय नर्सिङ दिवसका अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले सबै अस्पतालहरुमा श्रम अडिट गराउने र श्रम ऐनअन्तर्गत् रहेर सबै नर्सहरुलाई पारिश्रमिक दिए/नदिएको अनुगमन गरिने बताए ।

नर्सहरुले अस्पतालहरुले बिनापारिश्रमिक काममा लगाउने र न्यूनतम् सेवा–सुविधा नदिएको गुनासो गरेपछि मन्त्री विष्टले न्यूनतम् पारिश्रमिक नदिएको प्रमाणसहित उजुरी गरे त्यस्ता अस्पताललाई कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा नर्सिङ संघका अध्यक्ष तारा पोखरेलले अस्पतालहरुले पारिश्रमिक नदिइ नर्सहरुलाई काममा लगाइरहेको र लामो समयदेखि करारमा काम गर्न बाध्य बनाएको गुनासो गरिन् ।

नर्सहरु आन्दोलनमा

यसैबीच, भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले करारमा रहेका नर्स हटाउन लागेको भन्दै नर्सहरु आन्दोलनमा उत्रिएका छन् ।

आफूहरुका माग पूरा हुनुपर्ने भन्दै दुईजना नर्सले अनशनसमेत सुरु गरेका छन् । नर्सहरु १९ दिनदेखि आन्दोलित छन् ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...