‘साइबर अपराध न्यूनीकरणका लागि केन्द्रीय साइबर ब्यूरो’

news

काठमाडौं, वैशाख २९ । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले नेपाली चेलीबेटीको बेचबिखनमा कमी ल्याउने र वैदेशिक रोजगारीमा जाने जो–कोहीलाई पनि बेचिनबाट जोगाउन प्रहरी प्रतिबद्ध रहेको बताएका छन् ।

 

आइतबार नेपाल प्रहरीको केन्द्रीय साइबर ब्यूरोको भवन उद्घाटन र मानव बेचबिखन अनुसन्धान ब्यूरोको कार्यालय शुभारम्भ गर्दै उनले चेलीबेटीले आफू बेचिएको खबर गर्न अलमलिनुपर्नेे अवस्था सिर्जना भएकाले त्यसलाई न्यूनीकरण गर्न छुट्टै ब्यूरो स्थापना गरिएको बताए ।

नेपालको जनसंख्याभन्दा सामाजिक सञ्जालको पहुँच ११५ प्रतिशत बढी रहेकाले साइबर अपराध बढेको भन्दै उनले त्यस्ता अपराध न्यूनीकरणका लागि केन्द्रीय साइबर ब्यूरो गठन भएको जानकारी दिए ।

आइतबार उद्घाटन गरिएका दुवै ब्यूरो सोमबारदेखि सन्चालनमा आउनेछन् ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...