मलेसियाको ‘१०० प्लस’ नेपाली बजारमा

news

काठमाडौं, वैशाख २९ । सारा ग्रुपले मलेसियाको ‘नम्बर वान’ दाबी गरिएको ‘आइसोटनिक इनर्जी ड्रिंक १०० प्लस’ नेपाली बजारमा भित्र्याएको छ ।

सारा ग्रुपले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी नयाँ इनर्जी ड्रिंकको बजार प्रवेश गराएको हो ।

मलेसिया र सिंगापुरमा लोकप्रिय यो ड्रिंकले यसको स्वाद र गुणस्तरका कारण नेपाली उपभोक्ताको मन पनि चाँडै नै जित्ने सारा ग्रुपका प्रबन्ध निर्देशक दीपक केसीले दाबी गरे ।

३२५ एमएलको क्यानमा उपलब्ध यो ड्रिंकको स्थानीय बजार मूल्य प्रतिक्यान १२५ रुपैयाँ तोकिएको छ ।

यस उत्पादनले खेलजीवन, ‘एक्टिभ लाइफ’ र थकानका बेला शरीरमा ‘इनर्जी लस’ हुँदा शरीरलाई स्फूर्त बनाउन सहयोग पुर्‍याउने कम्पनीको दाबी छ ।

यसै अवसरमा कम्पनीले नेपाली राष्ट्रिय फुटबल टोलीका गोलरक्षक किरण चेम्जोङलाई आफ्ना उत्पादनको सद्भावनादूतकारुपमा चयन गरेको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...