१५ वर्षीया किशोरीको घाँटी रेटेर हत्या

news

जितेन्द्र भण्डारी

पाँचथर, वैशाख ३० । पाँचथरको हिलिहाङ गाउँपालिका वडा नम्वर ४ पञ्चमीस्थित कार्तिके भन्ने स्थानमा एक किशोरीको शव फेला परेको छ । 

मृत्यु हुनेमा स्थानीय १५ वर्षीय शितल योङहाङ छिन् । घरबाट १० मिनेट टाढा खोल्सी छेउमा घाँटी रेटेर हत्या गरेको अवस्थामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक अनिल पौडेलले जानकारी दिए ।

शव परीक्षणको तयारी भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार हत्यामा संलग्नको पहिचान हुन सकेको छैन ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...