क्यामरुनी शरणार्थी क्लव दाउफिन्स भीमनारायण गोल्ड कपको सेमिफाइनलमा

news

धनकुटा । धनकुटामा जारी शहीद भीमनारायण गोल्ड कपमा नेपालमा बस्दै आएका क्यामरुनका शरणार्थीहरुको क्लव दाउफिन्स सेमिफाइनलमा प्रवेश गरेको छ ।

धरान फुटबल क्लबलाई ५—० गोल अन्तरले हराउँदै दाउफिन्सले अन्तिम चारमा स्थान पक्का गरेको हो ।

क्यामरुनको जितका लागि यान्नीक ओवन, पट्ङ्गा, कोनोले गोल गरेका थिए । खेलमा म्यान अफ द म्याच दाउफिन्सका क्याप्टेन आउरेल इनामे भए ।

प्रतियोगिता अन्तर्गत भोलिको खेल एपीएफ र फ्रेण्डस् क्लब बीच हुने छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...