बलात्कार आरोपमा वडा सदस्य पक्राउ

news

ओखलढुंगा, वैशाख ३१ । ओखलढुंगाको लिखु गाउँपालिका वडा नं. ३ का वडा सदस्य विष्णु श्रेष्ठलाई युवतीमाथि बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

युवतीलाई बलात्कार गरेर गत चैत ७ गतेदेखि फरार वडा सदस्य श्रेष्ठलाई हर्कपुरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक राजीव श्रेष्ठले जानकारी दिए ।

वडा सदस्य श्रेष्ठले नर्मदेश्वरमा सञ्चालन गरेको इँटाभट्टामा काम गर्ने युवतीलाई बलात्कार गरेको आरोप छ । पीडित युवतीले जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा उजुरी दिएपछि उनी फरार हुँदै आएका थिए ।

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...