श्रीमती हत्या आरोपमा बुढाक्षेत्री कारागारमा

news

राँझा, वैशाख ३१ । श्रीमतीको हत्या आरोपमा पक्राउ परेका नेपालगञ्जका मुकेश बुढाक्षेत्री पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

नेपालगञ्ज उपमहानगरपालिका–१० भृकुटीनगरकी स्वस्तिका लिम्बूको हत्या आरोपमा पक्राउ परेका बुढाक्षेत्रीलाई बाँके जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

न्यायाधीश अनिलकुमार शर्माको एकल इजलासले स्वस्तिकाको पति बुढाक्षेत्रीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको अधिवक्ता लोकबहादुर शाहले जानकारी दिए ।

गत वैशाख १ गते १९ वर्षीया स्वस्तिकाले आत्महत्या गरेको परिवारले बताए पनि माइतीपक्षले ज्वाइँ बुढाक्षेत्रीले हत्या गरेको भन्दै आन्दोलन गर्दै आएका थिए । 

नेपालगञ्ज–२० राँझा माइती भएकी स्वस्तिकाको छ महिना अघिमात्र विवाह भएको स्थानीय छिमेकी उषा थापाले बताइन् । स्वस्तिकाको आत्महत्या नभई हत्या भएकाले न्यायका लागि माइतीपक्षले निरन्तर माग गर्दै आएको उनले जानकारी दिइन् । (रासस)

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...