अमेरिकी विदेशमन्त्री भन्छन्ः इरानसँग युद्ध चाहेका छैनौं

news

काठमाडौं । अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले आफुहरुले इरानसँग युद्ध नचाहेको बताएका छन् ।

दुई देशबीच तनाव चुलिई रहेको बेला विदेशमन्त्री पोम्पियोले अमेरिकाले इरानसँग युद्ध नचाहेको बताएका हुन ।

रुसको सोची सहरमा रुसी विदेशमन्त्री सर्गेई लावरोफसँग वार्ता गरिरहेका विदेशमन्त्री पोम्पिायोले अमेरिकारले मौलिक रुपमा युद्ध नचाहेको बताए ।

उनले इरानले एक सामान्य मुलुकसरह व्यवहार गरोस भन्ने अमेरिकाले अपेक्षा राखेको स्पष्ट पारे ।

अमेरिकाको हितमा हमला भए जवाफ दिने विदेशमन्त्री पोम्पियोको चेतावनी थियो ।

यसैबीच इरानका सर्वोच्च नेता आयातुल्लाह खामनेईले पनि अमेरिकासँग युद्ध नहुने बताएका छन् ।

उनले परमाणु सम्झौताको विषयलाई लिएर अमेरिकासँग वार्ता नहुने पनि स्पस्ट पारे ।

गतहप्ता अमेरिकारले मध्यपूर्वमा जंगी जहाज र विमानवाहक युद्धपोत तैनाथ गरेको थियो ।

वार्ताका क्रममा अमेरिकी विदेशमन्त्रीले रुसी समकक्षीलाई भेनेजुयलाका राष्ट्रपति निकोलास मादुरालाई समर्थन नगर्न आग्रह गरेका छन् ।

जवाफमा रुसी विदेशमन्त्री लावरोफले मादुरोलाई लिएर अमेरिकारले दिने धम्की गैर–लोकतान्त्रिक भएको टिप्पणी गरेका थिए ।

अमेरिकी विदेशमन्त्रीले रुसले सन् २०२० मा हुने अमेरिकी राष्ट्रपतिको निर्वाचनमा दख्खल नदिन चेतावनी दिएका थिए । (एजेन्सी)

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...