सरकार कामभन्दा पनि प्रचारबाजीमा लाग्योः डा.महत

news

धनकुटा । नेपाली कांग्रेसका नेता डा.रामशरण महतले सरकारले जनताको पक्षमा कुनै पनि राम्रो काम गर्न नसकेको आरोप लगाएका छन् ।

प्रेस युनियन धनकुटा शाखाले आज धनकुटामा गरेको पत्रकार सम्मेलनमा नेता डा. महतले सरकार कामभन्दा पनि प्रचारबाजीमा बढी लागेको आरोप लगाएका हुन् ।

उनले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पनि आत्मप्रसंशा र आत्मप्रचारमा केन्द्रित रहेको दाबी गरे ।

सरकारले कांग्रेसको पालामा सुरु गरेका कामको जस लिने प्रयास गरिरहेको उनको भनाइ थियो ।

नेता डा. महतले सरकार अधिनायकवादतर्फ उन्मुख भइरहेको आरोपसमेत लगाए ।  मिडिया काउन्सिल विधेयक त्यसको उदाहरण भएको उनको भनाइ थियो । 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...