घुसकान्डमा मुछिएका अख्तियारका पूर्वआयुक्त पाठक विशेष अदालतमा

news

काठमाडौं, जेठ १ । विशेष अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठकको बयान लिएको छ ।

नेपाल इन्जिनियरिङ कलेजको विवादमा घुसकान्डमा परेका पाठक बुधबार अदालतमा पुगेका हुन् ।

विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा सदस्यहरु द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठको इजलासमा पाठकको मुद्दामा सुनुवाइ भएको छ ।

नेपाल इन्जिनियरिङ कलेजको विवाद मिलाउन ७८ लाख रुपैयाँ घुस लिएको भिडियो नै सार्वजनिक भएपछि पाठकले अख्तियारको आयुक्तबाट राजीनामा दिएका थिए ।

सन्चारमाध्यममा पाठकले घुस लिएको भिडियो सार्वजनिक भएलगत्तै अख्तियारले पाठकको संलग्नताबारे अनुसन्धान गरेको थियो ।

आयोगले गत चैत १२ गते पाठकविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । त्यसयता पाठक फरार थिए ।

पाठकलाई घुस दिने नेपाल इन्जिनियरिङ कलेजका अध्यक्ष लम्बोदर न्यौपाने भने अझै फरार नै छन् ।

पहिलो चरणको बयान सकिएलगत्तै थुनछेक बहस हुनेछ । थुनछेक बहसपछि भने अदालतले पुर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा छोड्ने वा साधारण तारेखमा छोड्ने भन्ने निर्णय गर्नेछ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...