मनाङ १० जनामा सीमित पन्जाबसित बराबरीमा रोकियो

news

काठमाडौं, जेठ १ । एएफसी कप फुटबलअन्तर्गत् समूह चरणको चौथो खेलमा नेपालको लिग च्याम्पियन मनाङ–मर्स्याङ्दी क्लबले भारतको मिनेर्वा पन्जाब फुटबल क्लबसित बराबरीको खेल खेलेको छ ।

बुधबार ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेल १–१ को बराबरीमा सकिएको हो ।

खेलको ३९औं मिनेटमा थोइबा सिंहले गोल गर्दै पन्जाबलाई अग्रता दिलाएका थिए । ८१औं मिनेटमा मनाङका साहिद अजिजले हेडमार्फत् गोल फर्काएका थिए ।

मनाङले खेल अवधिभर फितलो प्रदर्शन गरेको थियो ।

खेलको ४५औं मिनेटमा दोहोरो पहेंलोकार्ड खाँदै पन्जाबका प्रतीक जोशी मैदानबाट बाहिरिएपनि १० जनामा सीमित टिमलाई मनाङले दबाबमा राख्न सकेन ।

यो खेलपछि समूह ‘ई’मा रहेको मनाङ २ अंकसहित पुछारमा छ भने पन्जाब ४ अंकसहित दोस्रो स्थानमा पुगेको छ ।

भारतकै चेन्नाइन एफसी ७ अंकका साथ शीर्ष स्थानमा रहँदा बंगलादेशको अबहानी लिमिटेड ४ अंकसहित तेस्रो स्थानमा छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...