एकल विन्दु सेवा केन्द्र सन्चालनमा

news

काठमाडौं, जेठ १ । सरकारले एकल विन्दु सेवा केन्द्र सन्चालनमा ल्याएको छ ।

उद्योग विभागमा सन्चालनमा ल्याइएको सेवा केन्द्रको बुधबार उद्योगमन्त्री मात्रिकाप्रसाद यादवले उद्घाटन गरे ।

अब उद्योग दर्ता गर्न चाहिने सबै प्रकारका सेवा यही भवनबाट उपलब्ध हुनेछ । हाल उद्योग दर्ता गर्दा छरिएर रहेका सरकारी निकाय एकै स्थानमा हुनेछन् ।

मन्त्री यादवले अब लगानीकर्ताले एउटै ढोकाबाट सबैखालका सेवा प्राप्त गर्ने बताए ।

सेवा केन्द्रमा उद्योग दर्ता, कम्पनी रजिष्ट्रार, वातावरण प्रभाव मूल्यांकन, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण, विदेशी व्यवसायीलाई भिसा प्रक्रिया, पूर्वाधार, भन्सार नीति, राष्ट्र बैंकलगायतका शाखा कार्यालयहरु रहेका छन् ।

निर्देशिका बनाएपछि सन्चालनमा ल्याइएको सेवा केन्द्रमा ४१ जना कर्मचारी रहने विभागले जनाएको छ ।

केन्द्रले लगानीकर्तालाई अनलाइनबाट सेवा प्रदान गर्ने उद्योग मन्त्रालयकी सचिव यमकुमारी खतिवडाले बताइन् ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...