साइबर हमला हुन सक्ने भन्दै अमेरिकामा राष्ट्रिय आपतकाल घोषणा

news

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले विदेशी साइबर हमलाको स्थितिमा अमेरिकी कम्युटरको नेटवर्कलाई बचाउन राष्ट्रिय आपतकाल घोषणा गरेका छन् ।

उनले एक कार्यकारी आदेश जारी गर्दै राष्ट्रिय आपतकाल घोषणा गरेका हुन । जारी आदेशले अमेरिकी कम्पनीहरुलाई विदेशी टेलिकम सेवाको उपयोग गर्न प्रतिबन्धित गरेको छ ।

विदेशी टेलिकम सेवाबाट राष्ट्रिय सुरक्षामा खतरा हुन सक्ने आदेशमा उल्लेख गरिएको छ । राष्ट्रपति ट्रम्पले आफ्नो आदेशमा कुनै कम्पनी विशेषको नाम भने लिएका छैनन् ।

यद्यपी,  विश्लेषकहरुले राष्ट्रपति ट्रम्पको यो कदम चीनको टेलिकम कम्पनी हुवावेप्रति लक्षित रहेको बताएका छन् ।

अन्य केही देशहरुले पनि चीनले निगरानीका लागि हुवावेका उपकरणहरुको  प्रयोग गरेको आरोप लगाउँदै आएका छन् । उता हुवावेले भने आफुमाथि लागेको आरोपको खण्डन गरेको छ ।

उसले आफ्ना उपकरणहरुले कसैको नोक्सानी नगरेको र जासुसीको जोखिम नरहेको दाबी गरेको छ ।

ह्वाइट हाउसको बयानअनुसार राष्ट्रपति ट्रम्पको आदेशको आशय अमेरिकालाई विदेशी दुस्मनबाट बचाउन हो ।

जो सक्रिय रुपमा सूचना, संचार प्रविधि र सेवाहरुको उपयोगबाट अति संवेदनशील बनेका छन् । (एजेन्सी)

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...