क्यारेबियन प्रिमियर लिग क्रिकेटको ड्राफ्टमा नेपालका चार खेलाडी

news

काठमाडौं । वेष्ट इन्डिजमा हुने क्यारेबियन प्रिमियर लिग(सीपीएल) ट्वेन्टी–ट्वेन्टी क्रिकेटको खेलाडी सूचीमा नेपालका चार खेलाडी परेका छन् ।

हिजो सार्वजनिक गरिएको ड्राफ्टमा नेपालका लेग स्पिनर सन्दीप लामिछाने, अलराउण्डर दिपेन्द्र सिंह ऐरी, तीब्र गतिका बलर सोमपाल कामी र रोहित कुमार पौडेल परेका हुन् ।

खेलाडी छनौट यही मे २२ तारिखमा लन्डनमा हुनेछ । सम्रगमा २० देशबाट कुल ५ सय ३६ खेलाडी प्रारम्भिक सूचीमा पर्न सफल भएका हुन् ।

यस संस्करणको सीपीएल क्रिकेट आगामी जुलाई ११ देखि अगष्ट १६ सम्म वेस्ट इन्डिजमा हुनेछ ।

नेपालका सन्दिपले गत वर्ष सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्सबाट खेलेका थिए ।

उनले टोलीका लागि ५ खेलमा ७ विकेट लिएका थिए । सीपीएलमा ६ टोली सहभागि छन् । 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...