गाँउपालिका कार्यालयको ढोका फोरेर गाँउ सभाको माइन्युट च्यातियो

news

पाँचथर । पाँचथरको फाल्गुनन्द गाँउपालिकाको गाँउ सभाको माइन्युट च्यातेर नष्ट गरिएको छ ।

रातीको समयमा बैठक कक्षको  ढोका फोडेर माइन्युट च्यातिएको हो । माइन्युट कसले च्यात्यो भन्ने एकिन भने हुन सकेको छैन ।

बैठक कक्षमा नै राखिएको माइन्युट च्यातिएको पाइएको प्रमुख प्रशासकिय अधिकृत अनिल त्रिखत्रीले जानकारी दिए ।

घट्नाबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । माइन्युटमा चौथो गाँउसभाले सेवाकेन्द्र घुर्विसे पञ्चमी बजारबाट सार्ने निर्णय गरिएको थियो ।

निर्णय भएपछि बजारबासी आन्दोलित भएका थिए । मंगलवार आन्दोलन भएपछि तत्काल निर्णय कार्यान्वय नगर्नेसहितका पाँच बुदे सहमति भएपछि आन्दोलन फिर्ता भएको थियो । सोही राती कार्यालयको ढोका फोरेर माइन्युट च्यातिएको हो । 

 

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...