कन्चनजंघामा दुई भारतीय पर्वतारोहीको मृत्यु

news

ताप्लेजुङ, जेठ २ । विश्वको तेस्रो अग्लो हिमाल कन्चनजंघा आरोहण गर्न गएका दुई भारतीय पर्वतारोहीको मृत्यु भएको छ ।

पीक प्रमोसनबाट आरोहण गर्न गएका भारत, पश्चिम बंगालका कुन्तल करार र विप्लव वैद्यको मृत्यु भएको हो ।

अर्का एकजना सम्पर्कविहीन भएको पर्यटन मन्त्रालयको पर्वतारोहण शाखाले जनाएको छ ।

८ हजार ५८६ मिटर अग्लो कन्चनजंघाको शिखरमा बुधबार १० नेपालीसहित ३६ जना पुगेका थिए ।

चुचुरोमा पुगेर फर्कंदै गर्दा वैद्यको थकाइका कारण चौथो शिविरभन्दा माथिको क्षेत्रमा ढलेपछि मृत्यु भएको बताइएको छ । उचाइमा पुगेपछि उनीहरुलाई लेक लागेको बताइएको छ ।

कन्चनजंघालाई विश्वका अतिजोखिमपूर्ण हिमालमध्ये एउटा मानिन्छ । ठाडो उकालो भएकाले कन्चनजंघाको शिखरमा पुग्ने बाटो अप्ठ्यारो भएको बताइन्छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...