२०० केजी गाँजासहित दुईजना पक्राउ

news

सर्लाही, जेठ २ । सर्लाहीमा प्रहरीले २०० केजी गाँजासहित बुधबार राति दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा लालबन्दी नगरपालिका–७ का ३७ वर्षीय सनोजराज घिमिरे र वीरगन्ज महानगरपालिका–१८, भीस्वा घर भइ लालबन्दी बस्ने २२ वर्षीय सिधु सिंह छन् ।

उनीहरुलाई सुराकीको आधारमा पक्राउ गरिएको सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी प्रतितसिंह राठौरले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय लालबन्दीमा बिहीबार पत्रकार सम्मेलन गरी बरामद गरिएको गाँजा र पक्राउ परेकाहरुलाई सार्वजनिक गरिएको हो ।

सिन्धुली र मकवानपुरको पहाडी क्षेत्रमा उत्पादन हुने गाँजा सर्लाहीको भित्री र खोलाको बाटो हुँदै भारतीय बजारसम्म लाने गरेको पाइएको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...