डाँको छाडेर रोए पत्रकार ! (भिडियो)

news

ध्रुव भट्टराई (इमेज)

विराटनगर, जेठ ५ । सरकारले प्रेस स्वतन्त्रता कुन्ठित हुनेगरी मिडिया काउन्सिल विधेयक ल्याएको भन्दै मोरङका पत्रकारहरुले ‘रोएर’ विरोध गरेका छन् ।

आइतबार पत्रकारहरुले जिल्ला प्रशासन कार्यालयको मूलगेटमा विधेयकको विरोधमा प्रतिकात्मकरुपमा आधा घन्टा रोएर विरोध जनाएका हुन् ।

नेपाल प्रेस युनियन मोरङ शाखाले आयोजना गरेको विरोध कार्यक्रममा सहभागीहरुले डाँको छाडेर रुँदै पत्रकारलाई यथार्थमै रुने अवस्था सिर्जना नगर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

विधेयक संसदबाट हुबहु पारित भए त्यसले पत्रकार रुने अवस्था आउने भन्दै प्रतिकात्मक विरोधस्वरुप रोएर विरोध गरेको प्रेस युनियन मोरङका अध्यक्ष कुमार लुइँटेलले बताए ।

पत्रकार महासंघ प्रदेश नम्बर–१ का अध्यक्ष विक्रम लुइँटेलले प्रेस अधिकार नै हनन् हुने कानुनले पत्रकारको कलम बन्द हुने स्थित आउने बताए ।

विरोध कार्यक्रममा विभिन्न सामाजिक संघ–संस्थालेसमेत ऐक्यबद्धता जनाएका छन् ।

भिडियो हेर्नुहोस् 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...