संघ, प्रदेश र स्थानीय तह अन्तरसम्बन्ध व्यवस्थापन विधेयक सर्वसम्मतिले स्वीकृत

news

काठमाडौं, जेठ ५ । राष्ट्रियसभाको आइतबार बसेको बैठकले ‘संघ, प्रदेश र स्थानीय तह अन्तरसम्बन्ध व्यवस्थापन विधेयक २०७५’ लाई सर्वसम्मतिले स्वीकृत गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले बैठकमा प्रस्तुत् गरेको विधेयक सर्वसम्मतिले स्वीकृत गरेको हो ।

विधेयकको सैद्धान्तिक पक्षमाथिको छलफलकाक्रममा उठेका जिज्ञासाको जवाफ दिँदै मन्त्री ढकालले संविधानलाई मूल आधार बनाइ विधेयक आएको भन्दै संविधानसँग बाँझिने गरी विधेयक नआएको दाबी गरे ।

यस्तै, आइतबार बसेको बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावलले समितिको प्रतिवेदन प्रस्तुत् गरिन् ।

सातओटै प्रदेशमा सम्पन्न गरिएको तहगत राज्य संरचनाको विकास समन्वय विषयक अन्तरक्रियाबाट आएका सुझाव प्रतिवेदनमा समेटिएको छ ।

प्रतिवेदनले संघ, प्रदेश र स्थानीय तहका सरकारका क्षेत्राधिकार, सीमा, दायित्व र जिम्मेवारी सम्बन्धमा सरकारलाई सुझाव दिएको छ ।

राष्ट्रिसभाको अर्को बैठक सोमबार दिउँसो १ बजे बस्नेछ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...