नेकपाको सचिवालय बैठक स्थगित

news
फाइल तस्वीर ।

काठमाडौं, जेठ ५ । पोलिटब्यूरोको गठन र केन्द्रीय सदस्यहरुको कार्यविभाजन तथा एकताको बाँकी कामको टुंगो लगाउन आइतबार बस्ने भनिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालयको बैठक मंगलबार बस्ने गरी स्थगित भएको छ ।

शीर्ष नेताहरुको कार्यव्यस्तता र कार्यसूचीमा तयारी अभावका कारण बैठक सरेको हो ।

सचिवालयको औपचारिक बैठक नबसे पनि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल तथा अन्य नेताहरुबीच आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा अनौपचारिक बैठक भएको थियो ।

केन्द्रीय सदस्यमध्येबाट पोलिटब्यूरो सदस्यको चयन, केन्द्रीय सदस्यहरुको कार्यविभाजन, केन्द्रीय निकायको एकता तथा प्रभाव कमिटीको एकताका विषयमा पार्टीमा छलफल चलिरहेको छ ।

यही जेठ २ गतेको सचिवालय बैठकले जनवर्गीय संगठनको संयोजक, सहसंयोजक र केन्द्रीय सदस्यहरुको संख्या निर्धारण गरेको थियो । रासस

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...