गिद्ध संरक्षणका लागि जटायु कप क्रिकेट प्रतियोगिता

news

नवलपुर, जेठ ६ । लोप हुने अवस्थामा रहेका गिद्ध संरक्षणका लागि नवलपुरमा प्रथम जटायु कप टी–ट्वेन्टी क्रिकेट प्रतियोगिता हुने भएको छ ।

जटायु रेस्टुरेन्ट व्यवस्थापन समिति, कावासोती नगरपालिका, जिल्ला खेलकुद विकास समिति र नवलपुर क्रिकेट संघको समन्वयमा यही जेठ १० गतेदेखि कावासोतीमा प्रतियोगिता आयोजना हुने सोमबार पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ ।

विश्वमै लोप हुँदै गइरहेको दुर्लभ गिद्ध संरक्षणका लागि खेलकोे माध्यमबाट सबैमा चेतना विस्तार गर्न प्रतियोगित आयोजना गरिएको आयोजक जटायु रेस्टुरेन्ट व्यवस्थापन समितिका अध्यक्ष डिबी चौधरीले बताए ।

उनले गिद्ध संरक्षणमा युवाको भूमिकालाई थप प्रभावकारी बनाउन खेलले सहयोग गर्ने विश्वास व्यक्त गरे ।

प्रतियोगिताको विजेता टिमले ५० हजार र उपविजेताले ३० हजार रुपैयाँ नगदसहित शिल्ड, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतियोगिता यही जेठ २५ गतेसम्म चल्नेछ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...