सहिद स्मारक ‘सी’ डिभिजन लिग फुटबल प्रतियोगिता आजदेखि

news

काठमाडौं, जेठ ७ । सहिद स्मारक ‘सी’ डिभिजन लिग फुटबल प्रतियोगिता आजदेखि सुरू हुँदैछ ।

एन्फा कम्प्लेक्सको मैदान सातदोबाटोमा हुने उदघाटन खेलमा दिउँसो १ बजे समूह ‘ए’ का सरस्वतीनगर स्पोर्टस क्लब र एफसीएस भिड्दैछन् । 

प्रतियोगितामा ३८ टिम सहभागी छन् । यी ३८ टिमलाई १२ समूहमा विभाजन गरी खेलाइँदैछ ।

एन्फाले पहिलो चरणमा जेठ २७ गते सम्मको खेल तालिका सार्वजनिक गरेको छ ।

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...