इन्टरनेशनल इन्स्टिच्यूट अफ फेसन टेक्नोलोजीलाई सम्मान

news

काठमाडौं, जेठ ७ । वर्ल्ड स्ट्यान्डर्डिजेसन सर्टिफिकेसन (डब्ल्यूएससी)द्वारा इन्टरनेशनल इन्स्टिच्यूट अफ फेसन टेक्नोलोजीलाई सम्मान गरिएको छ ।

वरिष्ठ समाजसेवी एवं उद्यमी इन्दिरा सापकोटाको प्रमुख आतिथ्य तथा वर्ल्ड स्ट्यान्डर्डिजेसन सर्टिफिकेसन नेपालका अध्यक्ष सागर कटुवालको उपस्थितिमा आयोजित कार्यक्रममा इन्टरनेशनल इन्स्टिच्यूट अफ फेसन टेक्नोलोजीलाई सम्मान गरिएको हो ।

वर्ल्ड स्ट्यान्डर्डिजेसन सर्टिफिकेसन वर्ल्ड बुक अफ रेकर्ड्सको गुणस्तर मापन विभाग हो । कुनै पनि क्षेत्रमा विश्वस्तरीय सेवा सुविधा दिइरहेको संस्थालाई वर्ल्ड स्ट्यान्डर्डिजेसन सर्टिफिकेसनले सम्मान गर्दछ । वर्ल्ड बुक अफ रेकर्ड्स विश्वव्यापी रेकर्ड प्रमाणित गर्ने अन्तर्राष्ट्रिय संस्था हो ।

विश्वव्यापी सञ्जालमार्फत वर्ल्ड बुक अफ रेकर्डले ऐतिहासिक सम्पदा तथा सांस्कृतिक, सामाजिक, आर्थिक एवं सांगीतिक लगायतका क्षेत्रमा उल्लेखनीय योगदान गर्ने व्यक्ति तथा संस्थालाई सूचीकृत तथा सम्मान गर्दै आएको छ ।

कार्यक्रममा सम्मानित संस्थाका पदाधिकारीलाई बेलायतका सांसद वीरेन्द्र शर्मा, वर्ल्ड बुक अफ रेकर्ड्स लन्डनका अध्यक्ष डा. दिवाकर, वर्ल्ड बुक अफ रेकर्डका अध्यक्ष सन्तोष शुक्ला लगायतले बधाइ दिएका थिए ।   

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...