‘पत्रकारलाई जरिवाना गर्ने प्रावधान नै गलत मनसायबाट’

news

काठमाडौं, जेठ ७ । नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले सरकार आफैंले तयार पारेको आमसन्चार नीतिको विपरीत मिडिया काउन्सिल विधेयक ल्याइएको बताएका छन् ।

मंगलबार राजधानीमा आयोजित कार्यक्रममा उनले आमसन्चार नीतिमा स्वनियमनको व्यवस्था रहेको तर दन्ड–सजायको व्यवस्था नरहेको बताए ।

प्रस्तावित मिडिया काउन्सिल विधेयक जस्ताको तस्तै पारित गरे सन्चारमाध्यमलाईमात्र नभइ पार्टीभित्रको विचारको स्वतन्त्रतामा पनि असर पुर्‍याउने दाबी आचार्यको थियो ।

कार्यक्रममा वरिष्ठ पत्रकार राजेन्द्र दाहालले ‘अहिलेको परिप्रेक्षमा मिडियासम्बन्धी कानुन बन्नु स्वाभाविक भएपनि सन्चारमाध्यमलाई नियन्त्रण गर्नेगरी कानुन ल्याउन खोज्नु दुर्भाग्य हो’–भने ।

नियन्त्रणमुखी दर्शनबाट प्रेरित व्यक्तिहरु सत्तामा रहेकाले उनीहरुको विचारअनुसारकै विधेयक ल्याइएको उनले बताए ।

सन्चारमाध्यमहरु पनि कर्तव्यप्रति उत्तरदायी हुनुपर्ने भन्दै दाहालले अन्तिममा जित स्वतन्त्र प्रेसकै हुने पनि बताए ।

वरिष्ठ पत्रकार पी खरेलले पत्रकारलाई जरिवाना गर्ने प्रावधान नै गलत मनसायबाट आएको बताए ।

कुनै सन्चारमाध्यम वा पत्रकार छाडा भए उसलाई पत्ता लगाएर कारबाही गर्नुपर्नेमा सिंगो प्रेस जगतलाई नियन्त्रण गर्न खोज्नु गलत भएको उनले उल्लेख गरे ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...