सडक छेउमै डम्पिङ साइट, यात्री र स्थानीयबासीलाई सास्ती

news

डम्मर बुढा मगर

बाग्लुङ, जेठ ८ । बाग्लुङ बजारको फोहोर व्यवस्थापनका लागि बनाइएको डम्पिङ साइट अव्यवस्थित बन्दै गएको छ । बजारभित्रको फोहोर व्यवस्थापन गर्न कालीगण्डकी करिडोरको छेउमा निर्माण गरिएको डम्पिङ साइट अव्यवस्थित हुँदा स्थानीय समस्यामा परेका छन् भने वरपरको वातावरण दुर्गन्धित र प्रदूषित बनेको छ ।

डम्पिङ साइटका कारण दैनिक रुपमा कोरिडोर भएर यात्रा गर्ने यात्रुहरुलाई समस्या भएका हो । विशेष गरी बागलुङको दक्षिण बलेवा, जैमिनी लगायतका क्षेत्रमा पुग्ने यात्रुहरु दुर्गन्धबाट आजित बनेका छन् । दैनिक रुपमा यात्रा गर्दा अव्यवस्थित रहेको फोहोरले स्वास्थ्यमासमेत असर पुर्‍याएको गाडी चालक दीपक कुवँरको गुनासो छ ।

दैनिक बागलुङ बजारदेखि गाडीमार्फत डम्पिङ साइटका थुपारिएको फोहोर हावाले उडाएर कालीगण्डकी नदीमा र कालीगण्डकी कोरिडोर छेउछाउमा छिरलिएको छ । जसले करिडोरकै शोभा हरण गरेका छ । डम्पिङ साइटबाट निस्कने फोहोरको गन्धबाट स्थानीय पनि दिक्दार बनेका छन् ।

बस्ती नजिकै अवव्यस्थित डम्पिङ साइट रहेका कारण फोहोरको गन्ध घरभित्रै आउने स्थानीय ओम बहादुर छन्त्याल बताउँछन् ।

अर्कोतिर फोहोरको प्रत्यक्ष असर ऐतिहासिक धार्मिक कालिका मन्दिरमा पर्न थालको छ । फोहोरका कारण मन्दिरमा झिँगा र दुर्गन्धका कारण पनि पनि यात्रुहरुलाई असहज भएको बागलुङ भगवती गुठीका अध्यक्ष राजु खड्काको भनाइ छ ।

मानवीय सभ्यता र संस्कारको समेत खिल्ली उडाउने गरी फोहोर मनपरी फ्याँक्दा रोगको महामारी फैलिन सक्ने खतरा बढाएको छ । यसमा सम्बन्धित निकायले जिम्मेवार रुपमा मनन गर्नुपर्ने देखिन्छ ।

भिडियो हेर्नुहोस्

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...