रियाल मड्रिडको नयाँ प्रशिक्षकमा युलेन लोपेतुईगीलाई नियुक्त

काठमाडौं, जेठ ३० । स्पेनिस फुटबल क्लव रियाल मड्रिडले युलेन लोपेतुईगीलाई नयाँ प्रशिक्षक नियुक्त गरेको छ ।

news

काठमाडौं, जेठ ३० । स्पेनिस फुटबल क्लव रियाल मड्रिडले युलेन लोपेतुईगीलाई नयाँ प्रशिक्षक नियुक्त गरेको छ ।

जिनेदिन जिदानले गत महिना प्रशिक्षकबाट राजीनामा दिएपछि रियाल मड्रिड नयाँ प्रशिक्षकको खोजीमा थियो ।

हिजो क्लवले स्पेनिस राष्ट्रिय फुटबल टिमका वर्तमान प्रशिक्षक लोपेतुईगीलाई नयाँ प्रशिक्षक चयन गरेको हो । लोपेतुईगीलाई आगामी तीन वर्षका लागि प्रशिक्षकमा नियुक्त गरिएको क्लवले जनाएको छ ।

लोपेतुईगीले रुसमा भोलि सुरु हुने विश्वकप पश्चात रियालको जिम्मेवारी समाल्नेछन् । पूर्व गोलकिपर लोपेतुईगीले आफ्नो व्यवासायीक फुटबल करियरमा रियाल मड्रिडबाट पनि खेल्ने मौका पाएका थिए ।

सन् २०१६ मा स्पेनिस राष्ट्रिय फुटबल टोलीको जिम्मेवारी समाल्नुअघि उनी पोर्चुगिज फुटबल क्लव एफ.सी पोर्टोमा प्रशिक्षक थिए ।

गत महिना रियाल मड्रिडलाई युरोपिएन च्याम्पियन्स लिग जिताएपछि क्लवको प्रशिक्षकबाट राजीनामा दिएर जिदानले सबैलाई चकित पारेका थिए ।

जिदानले रियाल मड्रिडलाई पछिल्लो तीन वर्ष लगातार युरोपियन च्याम्पियन बनाएका थिए ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया