‘मोदीको विजयले नेपाल–भारत सम्बन्ध अझ प्रगाढ हुन्छ’

news

अर्घाखाँची, जेठ १८ । भारतका लागि पूर्वनेपाली राजदूत दीपकुमार उपाध्यायले नरेन्द्र मोदीको विजयले नेपाल–भारतको सम्बन्ध अझ प्रगाढ भएर जाने टिप्पणी गरेका छन् ।

शनिबार नेपाल प्रेस युनियन अर्घाखाँचीले सन्धिखर्कमा गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले नेपालको वैदेशिक नीति भारतीय प्रधानमन्त्री मोदीले आफैं हेर्ने भएकाले दुई देशको सम्बन्ध सुदृढ भएर जाने विश्वास व्यक्त गरे ।

दुई देशको सम्बन्ध सुमधुर नभए नेपाल अगाडि बढ्न नसक्ने भन्दै उनले उच्च कूटनीतिक क्षमता प्रदर्शन गर्नुपर्नेमा जोड दिए ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...