विप्लवलगायत सबै समूहहरुलाई एउटै कम्युनिष्ट पार्टी बनाउने अभियानमा छुः अध्यक्ष दाहाल

news

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष ‘प्रचण्ड’ले विप्लवलगायतका कम्युनिष्ट समूहहरुलाई एउटै कम्युनिष्ट पार्टी बनाउने आफ्नो अभियानमा सहभागी हुन आग्रह गरेका छन् ।

आज विहान पार्टी कार्यालय धुम्बाराहीमा विप्लवका पोलिटब्यूरो सदस्य पदम राईलाई पार्टी प्रवेश गराउँदै प्रचण्डले यस्तो आग्रह गरेका हुन् ।

प्रचण्डले एक दिन विप्लव पनि यही ठाउँमा आएर जोडिन वाध्य हुनपर्ने दावी गरे ।

उनले विप्लवले लिएको बाटो ठिक नभएको वताउदै ‘विप्लवले तय गरेको वाटो लोकतान्त्रिक गणतन्त्रको मर्म विपरित भएको र गन्तव्यमा पनि पुग्न नसकिने बताए । 

अहिलेको परिस्थिति नितान्त भिन्न परिस्थिति रहेको भन्दै प्रचण्डले लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने जिम्मेवारी सबैको भन्दै प्रचण्डले समाजवादको आधार तयार गर्ने कुरामा नेकपाले जोड दिन्छ भने ।

प्रचण्डले नयाँ समाजवादी आन्दोलनका नयाँ मोडलमार्फत जनताको सेवा गर्न सामुहिक रुपमा अघि वढ्न सवैसंग आग्रह गरे ।

आफैंले हुर्काएका छोराछोरी रिसाएर घरबाट बाहिर गएमा अभिभावकलाई चिन्ता परे झैँ पदम राईहरु बाहिर रहँदा आफूलाई चिन्ता लाग्ने गरेकामा पार्टीमा फर्केकामा खुशी लागेको अनुभव सुनाए ।

पूर्वभौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्रीसमेत रहेका राई पहिलो संविधानसभा निर्वाचनमा भोजपुर क्षेत्र नं १ बाट निर्वाचित भएका थिए ।

अध्यक्ष प्रचण्डसहित पार्टीका सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापा , महासचिव विष्णु पौडेललगायतले राईलाई स्वागत गरेका थिए । 

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...