जेठ २५ देखि प्रधानमन्त्री ओली युरोप भ्रमणमा जाने

news

काठमाडौं, जेठ १९ । प्रधानमन्त्री केपी शर्मा ओली यही जेठ २५ गतेदेखि असार १ गतेसम्म तीन देशको भ्रमणमा जाने भएका छन् ।

परराष्ट्र मन्त्रालयले आज पत्रकार सम्मेलन गरी प्रधानमन्त्री ओली स्वीट्जरल्यान्ड, बेलायत र फ्रान्सको भ्रमणमा जान लागेको जानकारी दिएको हो । पत्रकार सम्मेलमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्री ओलीको पहिलो भ्रमण स्वीटजरल्याण्डको जेनेभामा हुने जानकारी दिए ।

जेनेभामा आयोजना हुने अन्तर्राष्ट्रिय श्रम संगठनको १००औं वार्षिकोत्सव दिवस कार्यक्रमलाई प्रधानमन्त्री ओलीले जेठ २७ गते सम्बोधन गर्ने कार्यक्रम रहेको ज्ञवालीले जानकारी दिए । त्यसपछि जेठ २७, २८ र २९ गते प्रधानमन्त्री ओलीले बेलायतको भ्रमण गर्नेछन् ।

उनी जेठ २९, ३० र ३१ गते फ्रान्सको भ्रमण गरी असार १ गते स्वदेश फर्कने कार्यक्रम छ ।

पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले असार १४ गते मन्त्रालयले विदेश नीतिबारे सुझाव संकलन गर्न कार्यक्रम आयोजना गर्न लागेको जानकारी पनि दिए ।

यस्तै परराष्ट्र मन्त्रालयले केही समय अघि सुरु गरेको ब्रेनगेन कार्यक्रममा विदेशमा बस्ने ५ सय जना नेपालीहरुले नाम दर्ता गराएको र त्यसमा ५ हजारको नाम दर्ता हुने अनुमान रहेको जानकारी दिईयो ।

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...