बजेट विकासमुखी नभई वितरणमुखी भयोः प्रबक्ता शर्मा

news

पाल्पा । नेपाली काग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आर्थिक वर्ष २०७६/०७७ को बजेट विकासमुखी नभई वितरणमुखी भएको टिप्पणी गरेका छन् ।

प्रेस युनियन पाल्पा शाखाले आज गरेको पत्रकार भेटघाटमा उनले ३० प्रतिशत बजेट मात्र विकास खर्चमा विनियोजन गरिएकाले बजेट विकासमुखी नभएको प्रष्ट हुने बताएका हुन । सरकारले जनहित भन्दा पनि आफु अनुकुल बजेट ल्याएको प्रवक्ता शर्माको छ ।

कांग्रेस प्रवक्ता शर्माले प्रेसमाथि तरवार झुण्डाएर,मानवअधिकार आयोगलाई नियन्त्रणमा राखेर सरकारले अधिनायकवाद ल्याउने प्रपञ्च शुरु गरेको जिकिरसमेत गरे । 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...