राजसंस्थादेखि विप्लवसम्म अटाउने मौलिक प्रजातन्त्र आवश्यक : कमल थापा

news

बाग्लुङ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकमा राजसंस्थादेखि विप्लवसम्म अटाउने मौलिक प्रजातन्त्र आवश्यक रहेकोमा जोड दिएका छन् ।

मिडिया नेपालले आज बाग्लुङमा गरेको पत्रकार भेटघाटमा उनले सबै पक्ष अडाउन सक्ने सर्वपक्षीय गोलमेच सम्मेलन गर्नु पर्नेमा पुनः जोड दिए ।

अध्यक्ष थापाले विगतमा आफु गृहमन्त्री हुँदा तत्कालिन माओवादीले गोलमेच सम्मेलनको आवाज उठाए पनि बाह्य शक्तिको चलखेलका कारण असफल भएको जिकिर गरे ।

उनले मिडिया काउन्सिल विधयेक पूर्ण प्रेस स्वतन्त्रताको भावना र मर्म विपरित रहेकाले तत्काल संशोधन गर्न माग गरे । 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...