सरकार दुई तिहाईको बलमा अधिनायकवादतर्फ उन्मुख : सहमहामन्त्री डा.महत

news

पोखरा । नेपाली काग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले सरकार संवैधानिक निकायलाई कमजोर बनाएर अधिनायकवादतर्फ अगाडि वढ्न खोजेको आरोप लगाएका छन् ।

प्रेस युनियन कास्कीद्वारा पोखरामा आज आयोजित साक्षात्कारमा उनले दुई तिहाईको बलमा अधिनायकवादतर्फ सरकार उन्मुख भएको जिकिर गरे ।

नेता महतले भ्रष्टाचारका मुद्दाहरु बाहिर आउँदा समेत अख्तियारलगायतका निकाय किन मौन छन् भनि प्रश्न गरे ।

काँग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले काँग्रेसलाई बलियो वनाउन अब काँग्रेसका हरेक कार्यकर्ता ब्यक्तिवादी प्रवृति छाडेर काँग्रेसको सिद्धान्त अनुसार अगाडि वढ्न जरुरी भने ।

व्यत्तिवादी चरित्रले काँग्रेस कमजोर र निर्वाचनमा पराजय भोग्नु परेको भनाई भट्टराईको थियो । कार्यक्रम प्रेस युनियन कास्कीका सचिव प्रदिप पौडेल सञ्चालन गरेको थिए ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...